बैशाख १४, २०८१, शुक्रबार
               

कसले जित्ला यसपालीको बालोन डी ओर अवार्ड

नेपाल फ्ल्यास
असोज २३, २०७८

ADVERTISEMENT

फुटबलको चर्चित बालोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ । फ्रेन्च फुटबलले शुक्रबार बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो ।

सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो लगायतका खेलाडी अटाएका छन् । मनोनयनमा परेका मध्येबाट एक जनालाई विजेता घोषणा गरिनेछ । विजेताको घोषणा पेरिसमा नोभेम्बर २९ मा हुनेछ ।

खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि