चैत १६, २०८०, शुक्रबार
               

बेल्जियममाथि फ्रान्सको पुनरामगन जित

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

युइएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमविरुद्ध पुनरागमन जित निकालेको छ । बिहीबार राति इटालीको टुरिन भएको खेलमा फ्रान्सले २-० ले पछि परेको स्थितिलाई उल्टाउदै ३-२ को जित निकाल्न सफल भएको हो ।

फ्रान्सको जितमा करिम बेन्जेमा, केलियम एम्बाप्पे र थियो हर्नाण्डेजले १-१ गोल गरे । बेल्जियमका लागि यान्निक कारास्को र  रोमेलु लुकाकुले १/१ गोल गरे । 

खेलको ३७ मिनेटमा यान्निक र ४० मिनेटमा लुकाकुले गोल गर्दै पहिलो हाफमा बेल्जियमलाई २-० ले अग्रता दिलाए  ।

दोस्रो हाफमा फ्रान्सले एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पुनरागमन जित निकाल्यो । एम्बाप्पेले १ गोल र १ पास मिलाए । 

एम्बाप्पेको पासमा बेन्जेमाले ६२, एम्बाप्पेले ६९ र थियोले ९० मिनेटमा गोल गरेका थिए । अब उपाधिका लागि फ्रान्सले स्पेनसँग खेल्नेछ   । 


कस्तो लाग्यो ?

यो पनि