मंसिर ०७, २०८१, शुक्रबार
               

साफ च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल शीर्षस्थानमा

नेपाल फ्ल्यास
असोज १८, २०७८

ADVERTISEMENT

साफ च्याम्पियनसिप-२०२१ मा सोमबार नेपालले श्रीलंकालाई ३-२ ले हराएको छ । जितसहित नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं पनि केहि अवसर सिर्जना गरेको थियो । तर फिनिसिङमा चुक्दा नेपालले लय समात्दै खेलकाे ३३ औं मिनेटमा अग्रता लियो । माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा भएको  खेलको ३३औं मिनेटमा सुमन लामाले नेपालका लागि पहिलो गोल  गरेका थिए ।

पहिलो हाफमा १-० को अग्रता बनाएको नेपालले ५१औं मिनेटमा अन्जन विष्टले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । श्रीलंकाका लागि भने ५७औं मिनेटमा मरविन ह्यामिल्टनले उत्कृष्ट गोल गरेका थिए । नेपालका लागि ८६औं मिनेटमा आयुष घलानले तेस्रो गोल गरेका थिए । श्रीलंकाका लागि इन्ज्युरी समयमा डिलोन डि सिल्भाले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए । 

नेपालका अञ्जन विष्ट म्यान अफ द म्याच बने । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्ध पहिलो खेलमा जित हासिल गरेको टोलीबाट २ परिवर्तन गरेका थिए । प्रशिक्षक अलमुताइरीले पहिलो खेलको तुलनामा आक्रामक परिवर्तन गर्दै दीनेश राजवंशी र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई टोलीमा समेटेका थिए ।

लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक बनाएको छ । राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् ।


कस्तो लाग्यो ?

यो पनि