बैशाख ३०, २०८१, आइतबार
               

पुलिसलाई हराउँदै एपीएफ समूह विजेता

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

छैटौं संस्करणको जारी एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टिम एपीएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार अर्को विभागीय टिम नेपाल पुलिस क्लब लाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ समूह विजेता बनेको हो ।

प्रतिस्पर्धात्मक खेलमा एपीएफले पुलिसमाथि २५–१४,२१–२५,२५–१८ र २५–१९ को सेटमा जित निकाल्यो । यस जितसँगै समूह ए को एपीएफले २ खेलमा ६ अंक जोडेको छ । र, समूह विजेता बनेको छ ।

पुलिस भने समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले २ खेलमा ३ अंक जोड्यो । महिलातर्फ नै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र न्यू डायमन्डबीचको खेलले समूह बी को विजेताको टुंगो लाग्ने छ ।

नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि