मंसिर ०७, २०८१, शुक्रबार
               

रोनाल्डोको दुई नयाँ रेकर्ड

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा भिल्लरियलविरुद्ध ईन्जुरी समयमा क्रिष्ट्रियानो रोनाल्डोले विजयी गोल गरेका छन् । 

९० प्लस ५ मिनेटमा निर्णायक गोल गर्दै रोनाल्डोले म्यानचेस्टर युनाइटेडलाई २–१ ले विजयी बनाएका हुन् । रोनाल्डोले यही खेलमार्फत च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको किर्तिमान एकलौटी बनाएका छन् । 

रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म १ सय ७८ खेल खेले । दोस्रो स्थानमा रहेका इकार कासियासले १ सय ७७ खेल खेलेको रेकर्ड छ । 

त्यस्तै, च्याम्पियन्स लिगमा ९० मिनेटपछि सर्वाधिक धेरै विजयी गोल गर्ने सर्जियो अगुइरोको किर्तिमान पनि रोनाल्डो बराबरी गरेका छन् । अगुइरो  र रोनाल्डो दुबैले तीन खेलमा यसरी ९० मिनेटपछि निर्णायक गोल गरेर टोलीलाई जित दिलाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि