बैशाख ३०, २०८१, आइतबार
               

हेल्प नेपाल समूह विजेता

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

साविक विजेता हेल्प नेपाल समूह विजेता बन्दै छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार गल्कोट स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता बनेको हो । 

भारतीय खेलाडीको साथ पाएको हेल्प नेपालले गल्कोटमाथि २५-१८, २२-२५,२५-२२ र २५-१९ को सेटमा पराजित गर्यो । यस जितसँगै समूह 'ए' को हेल्प नेपालले ३ खेलमा ९ अंक जोड्यो । अपराजित हेल्प नेपालले यस अघि प्रदेश-२ र बागमती प्रदेशलाई हराएको थियो ।

गल्कोट समूह उपविजेता बन्दै अन्तिम आठमा पुगेको छ। गल्कोटले ३ खेलमा ६ अंक जोड्यो । यस समूहबाट बागमती प्रदेश र प्रदेश-२ बाहिरिएको छ । च्याम्पियनसिप अन्तर्गत यस अघिको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशमाथि २५-१४,२५-१४ र २५-१८ को सेटमा जित निकालेको थियो।

जितसँगै समूह बी को विजेता बनेको  पुलिसले ३ खेलमा ९ अंक जोड्यो । गण्डकी ५ अंक जोडेर उपविजेता बन्दै अन्तिम आठमा पुगेको छ।यसै समूहको अर्को खेलमा मणिमुकुन्द भलिबल क्लबले दावाली मिलन क्लबलाई २५-१६,२१-२५,२५-१५ र २५-२३ ले पराजित गर्यो ।नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि