बैशाख २२, २०८१, शनिबार
               

ओमानसँग नेपाल ७-२ ले पराजित

नेपाल फ्ल्यास
असोज १२, २०७८

ADVERTISEMENT

काठमाडौं । साफ च्याम्पियनसिप सिप अघिको मैत्रीपूर्ण खेलमा नेपालले ओमानविरुद्ध लज्जास्पद हार व्यहोरेको छ ।कतारको दोहामा आइतबार राति भएको खेलमा नेपाल ओमानसँग ७-२ ले पराजित भएको हो ।

ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे भने फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक एक गोल गरे ।

नेपालका लागि आयुस घलान र अनन्त तामाङले एक एक गोल फर्काए । कतार युनिभर्सिटीको मैदानमा पहिलो हाफमा ओमानले २-१ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा ५ गोल गरेको थियो ।

नेपाली टोली आज कतारबाटै माल्दिभ्स जानेछ । साफ अक्टोबर एकदेखि १५ सम्म माल्दिभ्समा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि