बैशाख २२, २०८१, शनिबार
               

हेल्प नेपाल विजयी

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको पहिलो खेलमा बागमती प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै हेल्प नेपालले सुखद सुरुआत गरेको छ ।

भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्पले बागमतीमाथि २५-१६,२५-१३ र २५-१२ को सेटमा जित निकाल्यो । यस जितसँगै समूह ए को हेल्पले पहिलो खेलमै २ अंक जोडेको छ । बागमतीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा बागमती गल्कोट स्पोर्ट्स क्लबसँग पराजित भएको थियो ।

नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।  हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।


कस्तो लाग्यो ?

यो पनि