बैशाख २३, २०८१, आइतबार
               

साविक विजेता एथ्लेटिको बराबरीमा रोकियो

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

एजेन्सी । साविक स्पेनिस ला लिगा विजेता एथ्लेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको म्याड्रिड एथ्लेटिको बिल्वाओसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । 

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको फिनिसिङमा चुक्दा शीर्ष स्थानमा अंक दूरी बढाउने अवसर गुमाएको छ ।

खेलका ७८ मिनेटमा एथ्लेटिको म्याड्रिड १० खेलाडीमा सीमित भएको थियो । दोहोरो कार्ड ब्यहोर्दै जोआओ फेलिक्स मैदान छाडेका थिए । 

बराबरीसँगै एथ्लेटिको म्याड्रिड ५ खेलबाट ११ अंक बनाउँदै शीर्षस्थानमा छ । बिल्वाओ भने ५ खेलबाट ९ अंक बनाउँदै पाँचौ स्थानमा छ । 

शनिबारराति नै भएका अन्य खेलमा एल्चे र लेभान्तेले १-१ को बराबरी खेल्दा ओसासुनाले डिपोर्टिभो अलाभेसलाई २-० गोल अन्तरले पराजित गरेकाे छ । यस्तै रायो भालेकानोले गेटाफेलाई ३-० गोल अन्तरले पराजित गरेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि