बैशाख २३, २०८१, आइतबार
               

बोलोग्नाको पोष्टमा इन्टरको आधा दर्जन गोल

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

एजेन्सी । टालियन सिरी ए अन्तर्गतको खेलमा इन्टर मिलानले बोलोग्नाको पोष्टमा आधा दर्जन गोल गरेको छ ।  शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा इडन जेकोको दुई गोल मद्धतमा इन्टरले बोलोग्नाविरुद्ध ६-० गोल अन्तरको जित हात पारेको हो । 

इन्टरको जितमा इडन जेकोले २ गोल गरे । लौटारो मार्टिनेज, मिलान सिक्रिनियर, निकोलो बरेला, माटिअस भेकिनोले १-१ एक गोल गरे । 

जितसँगै इन्टर मिलान शीर्षस्थानमा फर्किएको छ । चार खेल खेलेको इन्टर १० अंकसहित शीर्षस्थानमा उक्लिएको हो । तीन खेल खेलेको रोमा शतप्रतिशत जितसहित दोस्रो स्थानमा छ । 

पराजित बोलोग्ना चार खेलबाट सात अंकसहित आठौं स्थानमा छ ।  शनिबार राति नै भएको सिरी ए को खेलमा एटालान्टाले सेलेर्नितानालाई १-० गोल अन्तरले पराजित गरेकाे छ । यस्तै फियोरेन्टिनाले जेनोआलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।  


कस्तो लाग्यो ?

यो पनि