बैशाख २३, २०८१, आइतबार
               

सिटी, लिभरपुल र रियल म्याड्रिडको विजयी सुरुवात

नेपाल फ्ल्यास
भदौ ३१, २०७८

ADVERTISEMENT

युईएफए युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह 'ए'अन्तर्गतको खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । 

इतिहाद मैदानमा गोलको वर्षा हुँदा सिटीले विजयी सुरुवात गर्याे । जर्मन क्लब लाइपजिग १० खेलाडीमा सिमित रहँदा यस खेलमा ९ गोल भएका थिए । 

सिटीको विजयी सुरुवातमा नाथन एके, रियाद महरेज, ज्याक ग्रयलिस, जोआओ कनसेलो र गाब्रियल जेसुसले १/१ गोल गरे भने लापजिगका नर्दी मुकियलेले १ आत्माघाति गोल गरे । 

त्यस्तै, भ्रमणकारी टोली लाइपजिगका क्रिष्टोफर नकुन्कुले ४२, ५१, ६३औँ मिनेटमा ह्याट्रिक पूरा गरे पनि टोलीको हार टार्न सकेनन् । यसअघि लाइपजिगका एन्जेलिनोले ७९औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए । 

खेलसँगै समूह 'ए'मा ३ अंकसहित सिटी शीर्षस्थानमा छ । बराबर खेलेका क्लब ब्रग र पिएसजीको सामान १ अंक रहँदा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । पराजित आरबी लाइपजिग भने पुछारमा रहेको छ । 

यस्तै समूह 'बी'अन्तर्गतको खेलमा लिभरपुलले एसि मिलानलाई रोमाञ्चक खेलमा ३-२ गोल अन्तरले पराजित गरेको छ । लिभरपुर घरेलु मैदान एनफिल्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन मोहम्मद सलाह, जोर्डन हेन्डरसन १-१ गोल गर्दा मिलानका फिकायो तोमोरीले आत्माघाती गोल गरेका थिए । 

भ्रमणकारी टोली एसि मिलानको लागि एन्टे रोबिक र ब्राहिम डियाजले १/१ गोल गरे । खेलमा मिलानका जाल्टान इभ्राहिमोभिक उपलब्ध थिएनन् ।  यसअघि १४औँ मिनेटमा लिभपुरका सलाहको पेनाल्टी प्रहार मिलान गोलकिपर माइक माइग्नानले बचाउ गरेका थिए । 

यस्तै, समूह 'सी'को खेलमा स्पेनिस रियल म्याड्रिडले इटाली क्लब इन्टर मिलानविरुद्ध १/० को कठिन जित हासिल गरेको छ । भ्रमणकारी टोली रियलले रोड्रिगोको निर्णायक गोलमा ८९औँ मिनेटमा १/० को अग्रता बनाएको थियो । घरेलु मैदान सान सिरोमा इन्टर फर्कने धेरै मौका बनाए पनि सफल हुन सकेन । 


कस्तो लाग्यो ?

यो पनि