बैशाख २३, २०८१, आइतबार
               

पिएसजी बराबरीमा रोकियो

नेपाल फ्ल्यास
भदौ ३१, २०७८

ADVERTISEMENT

युईएफए युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो चरणको खेलमा बलियो पेरिस सेण्ड जर्मन (पिएसजी) बराबरीमा रोकिएको छ । 

बुधबार राति भएको यस सिजनको पहिलो खेलमा फ्रान्स लिगा वान च्याम्पियन पिएसजी बेल्जियम क्लब ब्रगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे तिनै अट्याकरलाई प्लेइङ सेटमा उतारेपनि पिएसजीले गोलको खडेरी तोड्न सकेन । 

यद्यपि खेलमा अग्रता भ्रमणटोली पिएसजीलेनै बनायो । एम्बाप्पेले उपलब्ध गराएको बललाई आन्द्रे हेरेराले गोल गरे । हेरेराले खेलको १५औँ मिनेटमा गोल गरेका थिए । 

घरेलु टोली ब्रगका हान्स भनाकनले खेलको २७औँ मिनेटमा गोल गर्दै बराबरीमा पुर्‍याएका थिए । मेस्सी, नेयमार र एम्बाप्पेको साथ पाएको पिएसजीले बाँकी समय खेलमा दबाब बनाए पनि पहिलो खेलमै अंक बाँड्न बाध्य भयो । 


कस्तो लाग्यो ?

यो पनि