बैशाख १४, २०८१, शुक्रबार
               

बार्सिलोना अब ‘सामान्य’ टिम मात्रै

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । रोनाल्ड कोमनले युरोपेली च्याम्पियन्स लिग नयाँ सिजनको पहिलो खेलमा बार्सिलोनाका लागि खराब सुरुआत लिएका छन् ।
 यस्तोमा अब तय छ, यो सिजन बार्सिलोनाले धेरै हल्ला नगरेर चुपचाप फुटबल खेल्नेछ । उसको जोड रक्षापंक्तिमै हुनेछ र धेरै खाले प्रयोग नगरेर पारम्परिक फुटबलमै केन्द्रित हुनेछ ।
 
अबको छोटो समयमै बार्सिलोनाले बायर्न म्युनिख मात्र होइन, चेल्सी र पेरिस सेन्ट जर्मेन (पीएसजी) जस्ता टिमको सामना गर्नेछ । अनि घरेलु प्रतियोगितामा एल्चे, गेटाफे र एलाभेस । बायर्नविरुद्ध बेहोरेको ३–० हारमा पनि बार्सिलोनाको प्रदर्शन चुपचाप जस्तै थियो र उसको दाउ केही खालि स्थान खोजेर प्रत्याक्रमण गर्ने मात्र थियो ।

तर बार्सिलोनाले यस्तो पनि गर्न सकेन्, त्यसैले आफ्नै घरेलु मैदान क्याम्प नुमा एकै गोल पनि निकाल्न सकेन् । लाग्थ्यो, अब बार्सिलोना साँच्चै ‘सामान्य’ टिम मात्र भइसकेको छ । धेरैलाई याद पनि नहुन सक्छ, बार्सिलोनाले यसरी लगातार रक्षापंक्तिमा जोड दिएर खेलेको । प्रशिक्षक कोमनबाट आक्रामक रणनीतिकको अपेक्षा पनि गर्न सकिन्न ।

तर उनको विरोध भने आवश्यक छ, किनभने उनको यस्तै रणनीतिले बार्सिलोनाको प्रदर्शन झन झन खराव हुन सक्नेछ । त्यो भनेको चोटमाथि चोट नै हो । बार्सिलोना र बायर्नबीचको यो खेल हेरेपछि धेरैले अनुभव गरेका पनि छन्, मेसी विना बार्सिलोना त्यस्तो रहेन्, जस्तो पहिला थियो । यो हेर्नेको बानी पनि हुन सक्छ ।
–मार्काको सहयोगमा । 


कस्तो लाग्यो ?

यो पनि