जेठ ०६, २०८१, आइतबार
               

एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली महिला फुटबल टोलीको बिदाई

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगितामा सहभागी हुन उज्वेकिस्तान प्रस्थान गरेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फ)ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली टोलीलाई बिदाई गरेको हो।

टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदैछ। छनोट खेल्न जानुअघि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशलाई आतिथ्यता गर्दै दुई अभ्यास खेल खेलेको थियो। सोही खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै छनोट खेलबाट सुखद नतिजा लिएर नेपाल फर्किने नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले बताइन्।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपालसँगै हङकङ र फिलिपिन्स छन्। नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, नेपालको दोस्रो खेल असोज ५ गते हङकङसँग हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि