जेठ ०६, २०८१, आइतबार
               

नेपाल र बंगलादेशबीच पहिलो हाफमा बराबरी

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

नेपाली राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीच जारी दोस्रो मैत्रीपूर्ण खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएकाे छ । पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।

बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो । छैटौं  मिनेटमा गोलकिपर अन्जना रानामगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै पेनाल्टी बक्समा उपलब्ध गराएको मोस्सामत सोप्नाले सुवर्ण अवसर पाए पनि प्रहार गर्न ढिला गर्दा आँफैले फल गर्न पुगेकी थिइन् ।

नवौं मिनेटमा अमृता जैशीको भली प्रहार बंगलादेशकी गोलकिपर रुप्ना चक्माले मुश्किलले नियन्त्रणमा लिईन्। त्यसको केही समयपछि सरु लिम्बुले डिबक्स बाहिरबाट प्रहार गरेको बल चक्माले डाइभ हान्दै बाहिर पठाएकी थिइन्।

खेलको ३० औं मिनेटमा बंगलादेशकी श्रीमोती सरकारले प्रहार गरेको बल क्रस बारमा लागेर बाहिरिएको थियो । एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। छनोटमा नेपाल समूह 'एफ' मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।


कस्तो लाग्यो ?

यो पनि