जेठ ०६, २०८१, आइतबार
               

रोनाल्डोविना जीतविहीन युभेन्टस : यता रोनाल्डोले डेब्यू खेलमै गरे २ गोल

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गुमाएको युभेन्टस यो सिजन इटालियन सिरि ए मा जीतविहीन छ । शनिबार युभेन्टस नापोलीसँग १–२ गोलअन्तरले पराजित भयो ।

रोनाल्डोको अनुपस्थितिमा अल्भारो मोराटाले खेलको सुरुवातमा नै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा माटेयो पोलिटानो र कालिडो कुलिबेली एक–एक गोल गर्दै नापोलीलाई जीत दिलाए ।  युभेन्टसले सिरि ए मा ३ खेलबाट मात्र १ अङ्क बटुल्दै लिगको १४ औँ स्थानमा छ ।

यता युभेन्टसबाट म्यानचेस्टर युनाईटेडमा आएका रोनाल्डो चम्किँदा इंग्लिस प्रिमियर लिग फुटबलमा युनाईटेडले सहज जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा युनाईटेडले न्युकासल युनाईटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन डेब्यु खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।यस्तै ब्रुनो फर्नान्डेज र जेसे लिंगार्डले एक एक गोल गरे । न्युकासलका जाभियर मानक्विइलोले एक गोल फर्काए ।

रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका हुन् । जीतसँगै युनाईटेड तालिकाको शीर्ष नमा उक्लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि