जेठ ०५, २०८१, शनिबार
               

मैत्रीपूर्ण महिला फुटबलमा बंगलादेशमाथि नेपालको जीत

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

नेपाल र बंगलादेशबीच आज सम्पन्न मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै विजयी भएको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरिन् ।

खेलको १४ औं मिनेटमा सबिताले  गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको २३ औं मिनेटमा सरु लिम्बुको पासमा प्रितीले बक्स बाहिरबाट गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी थिइन्। त्यसपछि खेलको ८४ औं मिनेटमा बंगलादेशकी तोहुरा खातुनले गोल फर्काए पनि नेपालले २-१ को जित निकाल्यो ।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ । एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह 'एफ' मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।

 


कस्तो लाग्यो ?

यो पनि