जेठ ०५, २०८१, शनिबार
               

पोर्चुगलको शानदार जित, अंक तालिकाको शीर्षस्थानमा

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

काठमाडौ । विश्वकपको युरोपेली छनोटमा पोर्चुगलले शानदार जित निकालेको छ । गएराति टिमको महत्वपूर्ण खेलाडी रोनाल्डो विना नै मैदान उत्रेको पोर्चुगलले अजरवैजानलाई ३–० गोल अन्तरले हराएको हो ।

म्यान्चेष्टर युनाईटेडका ब्रुनो फर्नान्डेजको क्रसमा म्यान्चेष्टर सिटीका बर्नार्डो सिल्भाले २६ औं मिनेटमा पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । आन्द्रे सिल्भाले ३१ औं मिनेटमा पोर्चुगलको अग्रता दोब्बर बनाए । खेलको ७५औं मिनेटमा जोटाले एक गोल थप्दै पोर्चुगलको जित सुनिश्चित गरे ।

जितसँगै पोर्चुगल समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । पोर्चुगल कीर्तिमानी गोलकर्ता क्रिस्टियानो रोनाल्डोबिनै मैदान उत्रिएको थियो । रिपब्लिक अफ आयरल्याण्डविरुद्ध गोल गरेपछि खुसीयाली मनाउने क्रममा रोनाल्डोले दोस्रो पहेलो कार्ड खाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि