जेठ ०५, २०८१, शनिबार
               

पपुवा न्युगिनीमाथि नेपालको जीत

नेपाल फ्ल्यास
भदौ २२, २०७८

ADVERTISEMENT

रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेपछि पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले जित हासिल गरेको छ।

उत्कृष्ट सुरुवात गरेको नेपालले ४६ रन जोड्दा नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल १५ रन जोड्दा चाड सोपेरको बलमा आउट भए ।

नेपालले दोस्रो विकेटको रुपमा डेब्यु खेलाडी आसिफ शेखलाई ३० रनमा गुमायो । जतिबेला नेपालको स्कोर ४९ रन थियो।त्यसपछि नेपालले लगातार विकेट गुमायो । ८२ रन जोड्दा ७ विकेट गुमाईसकेको थियो ।

तर, टिकेर खेलेका रोहितले ४१ रनको योगदान दिदै नेपालको जितको आधार तय गरेका थिए  । यस्तै सोमपाल कामीले अविजित २२ रन जोडे । आठौं विकेटका लागि रोहित र सोमपालले ५२ रनको महत्वपूर्ण साझेदारी गरे ।

यस्तै आरिफ शेख ९ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर पेभेलियन फर्किए । शरद भेषवाकर पनि ६ रनमा आउट हुँदा कुशल मल्ल १ र पवन सर्राफ सुन्य रनमा आउट भए ।  बिक्रम सोब सुन्य रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । उसका लागि लेगा सियाकाले सर्वाधिक ३० रन बनाए भने चार्ल्स अमिनीले २३ र गौडी टोकाले २२ रन बनाए ।

बलिङतर्फ नेपालको लागि सन्दीप लामिछानेले १० ओभरमा ३५ रन गुमाएर चार विकेट लिए । यस्तै कुशल मल्ल, बिक्रम सोबले समान दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे ।

पपुवा न्युगिनीको लागि गौडी टोकाले तीन विकेट लिए भने डेमियन राभु र चाड सोपरले दुई/दुई विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि