मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाल-भारत मैत्रीपूर्ण फुटबलमा बराबरी

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।

खेलको पहिलो हाफमा नेपालले लिएकव १-० गोलको अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो ।

दशरथ रंगशालामा भएको खेलको ३६औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरेका थिए ।

चिनलेनिना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अन्जनले नियन्त्रणमा लिँदै गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

जवाफमा भारतले दोस्रो हाफमा गोल बलियो प्रदर्शन गर्दै नेपाललाई दबाबमा राखेको थियो । ६०औं मिनेटमा सुनील क्षेत्रीले बक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलरक्षक किरण पन्च गरी रोकेको थिए । तर त्यो बल गोललाइनमा खसेपछि अनिरुद्र थापाले बराबरी गोल फर्काएका थिए ।

नेपालका गाेलरक्षक तथा कप्तान किरण चेम्जोङले सर्वाधिक अन्तर्राष्ट्रिय खेलमा विराजकाे कीर्तिमानसँग बराबरी गरेका छन् । भारतसँग दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेल किरणकाे ७३ औं अन्तर्राष्ट्रिय खेल हाे ।

अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि