जेठ ०५, २०८१, शनिबार
               

विश्व विजेता फ्रान्स बराबरीमा रोकियो

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

फिफा विश्वकप कतार २०२२ को छनोट खेलमा विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको फ्रान्स घरेलु मैदानमा बोस्निया एन्ड हर्ज गोभिनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

स्टेट डि ला मिनाउ स्टार्सवर्गमा बुधबार राति भएको खेलको ३६ औं मिनेटम इडेन जेकोको गोलबाट बोस्नियाले अग्रता लिएको थियो । ४० औं मिनेटपछि नै एन्टोइन ग्रिजमनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यो बराबरीसँगै समूह ‘डी’ मा अपराजित रहेको फ्रान्स ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बोस्निया २ अंक जोडेर चौथो स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि