जेठ ०५, २०८१, शनिबार
               

मेस्सीको १० नम्बर जर्सी फातीले लगाउने

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

फुटबल स्टार लियोनेल मेस्सीले बार्सिलोना छाडेपछि खाली भएको जर्सी नम्बर १० युवा विंगर अन्सु फातीले लगाउने भएका छन् । 

बार्सिलोनाले सामाजिक सञ्जालमा भिडियो राख्दै फातीले १० नम्बर जर्सी लगाउने पक्का गरेको हो । घुँडाको चोटका कारण उनी झन्डै ८ महिनादेखि मैदान बाहिर रहँदै आएका थिए । स्पेनिस राष्ट्रिय टोलीबाट समेत खेलिसकेका फाती गत साताबाट मात्र अन्य खेलाडीसँग प्रशिक्षणमा सामेल भएका थिए । 

चोटबाट मुक्त भएपछि १८ वर्षीय उनी पुनरागमनको अन्तिम तयारीका क्रममा रहेका छन् । बार्सिलोनाले फाती सेप्टेम्बरको मध्यसम्ममा मैदान फर्कने अपेक्षा गरेको छ । सन् २०२० को नोभेम्बरमा बायाँ घुँडामा चोट लागेपछि उपचार र रिह्याबका क्रममा पटक पटक उनलाई पुनरागमनमा समस्या भएको थियो । 

चोटकै कारण उनले युरोपेली च्याम्पियनसिप र टोकियो २०२० ओलम्पिक पनि गुमाएका थिए । डेब्यु खेलदेखि नै बार्सिलोनामा राम्रो प्रभाव छाड्न सफल फातीलाई बार्सिलोनाको भविष्यको रुपमा हेरिएको छ ।  


कस्तो लाग्यो ?

यो पनि