जेठ ०५, २०८१, शनिबार
               

बार्सिलोनाले फेलिक्सलाई भित्र्याउन सकेन

नेपाल फ्ल्यास
भदौ १५, २०७८

ADVERTISEMENT

एजेन्सी । बार्सिलोनाले एथलेटिको म्याड्रिडका स्टार फरवार्ड जोआ फेलिक्सलाई ऋणमा भित्र्याउन चाहेको थियो । तर, बार्साको यो प्रस्तावलाई एथलेटिकोले अस्विकार गरेको छ । 

गोल डटकमका अनुसार यी खेलाडीका एजेन्ट जर्ज मेन्डिसमार्फत बार्साले प्रस्ताव अघि बढाएको थियो । तर, एथलेटिको म्याड्रिडले फेलिक्सलाई ऋण पठाउने वा बेच्ने कुनै योजना बनाएको छैन । बरु, यी खेलाडीलाई आफ्नो क्लबको भविष्य ठानेको छ । 

एथलेटिकोले लगातार दोस्रोपटक ला–लिगा जित्ने लक्ष्य राखेको छ । गत सिजन क्लबलाई ला–लिगा जिताउन फेलिक्सले पनि महत्वपूर्ण भूमिका निभाएका थिए । २१ वर्षीय फेलिक्स २०१९ मा बेनफिकाबाट १२ करोड ६० लाख युरोमा एथलेटिको आएका थिए । 

त्यसयता, उनले डिएगो सिमोनीको प्रशिक्षणमा नियमित रुपमा खेलिरहेका छ । उनले ५८ पटक ला–लिगा खेल्दै १३ गोल र ६ पटक एसिस्ट गरिसकेका छन् । उनले पोर्चुगलका लागि १८ खेलमा ३ गोल गरिसकेका छ । 


कस्तो लाग्यो ?

यो पनि