जेठ ०५, २०८१, शनिबार
               

१० खेलाडीमा सीमित चेल्सीले लिभरपुललाई बराबरीमा रोक्यो

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । इंलिस प्रिमियर लिगका दुई दावेदार टिम चेल्सी र लिभरपुलले बराबरी खेलको छ । निकै प्रतिष्पधात्मक खेलमा दुई टिमबीच एकएक गोलको बराबरी भएको हो ।

गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा सुरुवाती अग्रता चेल्सीले लिए पनि त्यसलाई जोगानस नसक्दा चेल्सी बराबरीमा रोहिएको हो । २२ औं मिनेटमा हाभर्टेजले गोल गर्दै अग्रता दिलाएको थियो भने लिभरपुलका लागि पहिलो हाफको थप गरिएको समयमा मोहम्मद सलाहले पेनाल्टीमार्फत् बराबरी गोल गरेको थियो ।

चेल्सीका खेलाडी रिज जेम्सले गोल लाईनबाट बल रोक्ने क्रममा हात बल लागेपछि भीएआरको मद्दतमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पेनाल्डी पाएको थियो । हाफपछिको समयमा लिभरपुलले बलमा आफ्नो नियन्त्रण राखेपनि बाँकी थप गोल गर्न नसक्दा १० खेलाडीमा समेटिएको चेल्सीसँग बराबरी खेल्न बाध्य भयो ।

बराबरीसँगै चेल्सी ३ खेलमा ७ अंक जोडेको छ । चेल्सी अंक तालिकाको दोस्रो स्थानमा छ । समान खेल खेलेको लिभरपुलले ३ खेलमा ७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि