जेठ ०५, २०८१, शनिबार
               

आर्सनलमाथि म्यानचेस्टर सिटीको सहज जीत

नेपाल फ्ल्यास
भदौ १२, २०७८

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जीत दर्ता गरेकाे छ । शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५-० गोलको फराकिलो जीत निकालेको हो।

खेलको ७ औं मिनेटमै गाब्रियल जिससको पासमा इल्के गुण्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै १२ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। आर्सनल आजको खेलमा हाफटाइम अघि नै १० खेलाडीमा समेटियो। खेलको ३५ औं मिनेटमा खराब ट्याकल गरेपछि ग्रानिथ साका रेड कार्ड खाँदै बाहिरिए। त्यसको ८ मिनेट नबित्दै सिटीले अर्को गोल थप्यो। खेलको ४३ औं मिनेटमा ग्रिलिसको पासमा गाब्रियल जिससले गोल गर्दा पहिलो हाफमा सिटी ३-० ले अघि रह्यो।

दोस्रो हाफमा सिटीले दुई गोल थप्यो। खेलको ५३ औं मिनेटमा रोड्री र ८४ औं मिनेटमा टोरेसले गोल गर्दा सिटीले ५-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

जीतसँगै सिटीले जारी सिजन तीन खेलमध्ये दुईवटमा जीत निकाल्दै ६ अंक जोडेको छ । यता, खराब सुरुवात गरेको आर्सनलले लगातार तेस्रो खेलमा गोल गर्न नसक्दा अंकविहिन नै रहयो । यो आर्सनलको क्लब इतिहासकै सबैभन्दा खराब सुरुवात हो ।


कस्तो लाग्यो ?

यो पनि