जेठ ०५, २०८१, शनिबार
               

रोनाल्डोले गरे युभेन्टस् छाड्ने निर्णय

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

एजेन्सी । ह्यारी केनलाई भित्र्याउन म्यानचेस्टर सिटी असफल भयो । तर, अब क्रिष्टियानो रोनाल्डोलाई भित्र्याउन आतुर भएर बसेको छ । किनकी, यही समय रोनाल्डोले युभेन्टस् छाड्ने निर्णय लिएका छन् । 

स्पेनिस वेबसाइट मार्काका अनुसार रोनाल्डोले यस विषयमा प्रशिक्षक मास्सिमिलिआने एलिग्री र टेक्निकल डाइरेक्टर पाभेल नेदभेदलाई जानकारी दिइसकेका छन् । यसअघि रोनाल्डोले क्लबमै बस्ने निर्णय गरेका थिए । तर, पछिल्लो समय उनको मुड परिवर्तन भइसकेको छ । 

युभेन्टस् अहिले रोनाल्डोका लागि उपयुक्त मूल्यको प्रतीक्षामा छ । मार्काका अनुसार ३० मिलियन युरोको हाराहारीमा रकम प्राप्त भए युभेन्टस्ले उनलाई बेच्न सक्छ । रोनाल्डोलाई भित्र्याउने अभियानमा म्यानचेस्टर सिटी निकै अघि छ ।


कस्तो लाग्यो ?

यो पनि