बैशाख २२, २०८१, शनिबार
               

मेस्सीले आँशु पुछेर फ्याँकेको टिस्यूको मूल्य ११ करोड

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

लियोनेल मेस्सी बार्सिलोनाबाट बाहिरिँदा गरेकाे पत्रकार सम्मेलनमा भावुक बने ।  आफ्नो बिदाईमा उनको आँखामा आँसु छल्किए । उनले त्यसबेला  उनकी श्रीमती एन्टोनेलाले आँसु पुछ्नका लागि दिएकी टिस्यू पेपरकाे मूल्य सुन्दा अचम्म लाग्न सक्छ तर, रिपोर्टका अनुसार मेसीको आँसुले भरिएका यी टिस्यू पेपर करिब १० लाख अमेरिकी डलर (११ करोड रुपैयाँ) मा बिक्रिमा राखिएको छ ।

मेस्सीले आँशु पछेर फ्याँकेका उक्त टिस्यू जम्मा गरिएको छ र यी टिस्यूका लागि महँदो दरमा अनलाइनमा बिक्रीमा राखिएकाे छ ।  विज्ञापन दिइएको छ । मेकेडुयो नामका व्यक्तिले मेसीले प्रयोग गरेको टिस्यू बिक्रीमा राखेका हुन् । 

लियोनेल मेस्सीले बार्सिलोनाबाट ७७८ खेल खेलेर ६७२ गोल गरेका छन् । जुन एक रेकर्ड हो । उनी ५२० म्याचमा ४७४ गोलसहित स्पेनिश लीगमा पनि शीर्ष स्कोरर समेत हुन् । 


कस्तो लाग्यो ?

यो पनि