बैशाख २२, २०८१, शनिबार
               

म्यानचेस्टर युनाइटेडको सानदार जीत

नेपाल फ्ल्यास
साउन ३०, २०७८

ADVERTISEMENT

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लिड्स युनाइटेडमाथि सानदार जीत दर्ता गरेको छ ।

घरेलु मैदानमा शनिबार भएको खेलमा युनाइटेडले लिड्स युनाइटेडमाथि ५-१ को सानदार जित हात पारेको हो । ३०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पल पोग्वाको पासमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै लुके एयलिङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५२औं मिनेटमा मासन ग्रीनवुडले पोग्बाकै पासमा गोल गर्दै युनाइटेडलाई पुनः २–१ को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि पोग्बाकै पासमा ब्रुनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा युनाइटेडले खेलमा ३–१ को अग्रता लियो । ६०औं मिनेटमा ब्रुनोले ह्याट्रिक पुरा गरेपछि युनाइटेड फराकिलो जिततर्फ अग्रसर बन्यो । ६८औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई ५–१ को सानदार जित दिलाए ।  

 


कस्तो लाग्यो ?

यो पनि