बैशाख २२, २०८१, शनिबार
               

प्रधानमन्त्रीले दिए पारसलाई धन्यवाद र शुभकामना

नेपाल फ्ल्यास
साउन ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सरकारी निवास बालुवाटार बोलाएर धन्यवाद र शुभकामना दिएका छन् ।

यसै महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसलाई प्रधानमन्त्रीले नेपाली क्रिकेटको विकासको लागि गरेको योगदानप्रति आभार तथा धन्यवाद दिएका हुन् ।

प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय क्रिक्रेटबाट सन्यास  लिएका खड्काको आगामी यात्राका लागि शुभकामना समेत दिएका छन् ।

प्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन, ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद । नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् सरकारको साथ र सहयोग सधैं रहनेछ ।’


कस्तो लाग्यो ?

यो पनि