साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलम बराबरीमा रोकिएको छ । बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
बोरुसिया पार्कमा शुक्रबारराति भएको खेलमा बोरुसिया मोन्चेनग्लाडवाकले खेलको १०औं मिनेटमा एलासने प्लेयाको गोलबाट अग्रता लिएको थियो । ४२औं मिनेटमा अघिल्लो सिजनको सर्वाधिक गोलकर्ता समेत रहेका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।