बैशाख २२, २०८१, शनिबार
               

नेपालविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भारतीय टिमको घोषणा

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालविरुद्धको मैत्रीपूर्ण खेल खेल्न भारतीय फुटबल टोलीले २३ सदस्यीय टोली घोषणा गरेको छ ।

आगामी भदौ १७ र २० गते नेपालमा हुने मैत्रीपूर्ण खेलका लागि भारतले सोमबारदेखि प्रशिक्षण कोलकत्तामा सुरू गर्दैछ ।

भारतको राष्ट्रिय फुटबल टोली १५ वर्षपछि अभ्यासको क्रममा कोलकाता जान लागेको हो ।

यसअघि सन् २००६ मा फिफा विश्वकप छनोटको तयारीका क्रममा भारतीय टोलीले कोलकातामा अभ्यास गरेको थियो ।

प्रमुख प्रशिक्षक इगोर स्टिम्याकले मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

प्रशिक्षणमा सहभागी हुने २३ सदस्यीय टोलीमा गोलरक्षकहरू धीरज सिंह मोरङ्गथेम, विशाल कैथ, डिफेन्डरहरु आशिष राई, सेरिटन फर्नान्डेज, अदिल खान, चिङ्ग्लेसाना सिंह, राहुल भेके, आकाश मिश्र, मन्दार राउ देसाइ र ब्रान्डन फर्नान्डेज छन् ।

त्यसैगरी, ललेङ्गमाविया, ग्लैन मार्टिन्स, जिक्सन सिंह, अनिरुद्ध थापा, ब्रान्डन फर्नान्डेज, साहल अब्दुल समाद, हलिचरण नजारी, बिपीन सिंह र यासिर मोहम्मद मिडफिल्डरका रूपमा समेटिएका छन् ।

फरवार्डमा राहुल केपी, फारुख चौधरी, इशान पण्डीता र रहिम अलि छन् ।

मोहन बगान र बैङ्ग्लुरु एफसीबाट गोलरक्षकहरू अम्रिन्दर सिंह, गुरप्रित सिंह पछि आवद्ध हुनेछन् ।


कस्तो लाग्यो ?

यो पनि