बैशाख २१, २०८१, शुक्रबार
               

प्रशिक्षक र उपाध्यक्षले एन्फामा दिए बयान

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको  विवाद समाधान समितिमा आज मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन् ।

विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठिन छानविन समितिमा आज प्रशिक्षक घटनासँग सम्बन्धित रहेर बयान दिएका हुन । करिब २ घण्टा बयान दिएर फर्किएका प्रशिक्षक अलमुताइरीले आफू छानबिन समितिको अनुसन्धानसँग सकारात्मक भएको छोटो प्रतिक्रिया दिए ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको सञ्चारकर्मीसँग भएको विवादमा प्रशिक्षक अल्मुताइरीले नेम्वाङको नाम जोडेपछि विवाद सतहमा आएको हो । जसमा प्रशिक्षकले उपाध्यक्षका कारण रहेको बताएका थिए । विवाद उत्कर्षमा पुगेपछि खेलकुद मन्त्रालयको निर्देशनमा राखेपको छानविन समितिले छानविन प्रक्रिया अगाडि बढाएको हो ।

छानविनका लागि आजै उपाध्यक्ष पंकज विक्रम नेम्वाङले करिब डेढ घण्टा बयान दिएका थिए । समितिले यस अघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, पूर्व प्रवक्ता किरण राईसँग पनि बयान लिएको थियो । उपाध्यक्षलाई अन्याय भएको र विवाद समाधान गर्न तेस्रो पक्षलाई जिम्मा दिनु गलत नजिर भएको भन्दै प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका थिए ।

यस अघि एन्फा विवाद समाधानका लागि एन्फा आकस्मिक कार्यसमितिले छानविन गर्न खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र बिक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो । र समितिलाई ७ दिनभित्र छानविन प्रतिवेदन बुझाउन निर्देशन खेलकुद मन्त्रालयले निर्देशन दिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि