बैशाख २२, २०८१, शनिबार
               

फिफा वरियतामा नेपालकाे ४ स्थान सुधार

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

पुरुष फुटबल वरियतामा नेपालले ४ स्थान सुधार गर्दै १६८औं स्थानमा पुगेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार नेपालले कुल ९७२ अंक बटुल्दै सो वरियता हासिल गरेको हो । दक्षिण एसियामा वरियता सुधार गर्ने नेपाल एक्लो टोलीसमेत हो ।

साथै दक्षिण एसियाली राष्ट्रतर्फ नेपाल तेस्रो स्थानमा छ । त्यस्तै फिफा वरियताको १०५औं झरेको रहेको भारत दक्षिण एसियातर्फ शीर्षस्थान मै छ । यद्यपि भारत फिफा वरियतामा चार स्थान झरेको छ । त्यस्तै साफ च्याम्पियन माल्दिभ्स पनि दश स्थान तल झर्दै १५८औं स्थानमा छ ।

माल्दिभ्स दक्षिण एसियातर्फ भने दोस्रो स्थानमा छ । फिफा वरियतामा यथावत रहेको भुटान १८७औं स्थानमा छ । यद्यपि भुटान दक्षिण एसियातर्फ चौथो स्थानमा उक्लिएको छ । र बंगलादेशलाई उछिन्न सफल भएको छ । फिफा वरियतामा आठ स्थान तल झर्न पुगेको बंगलादेश १८८औं स्थानमा छ । र दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ ।

उता हाल फिफाको कारवाहीमा परे तापनि फिफाले निकालेको वरियतामा पाकिस्तान १९८औं स्थानमा छ भने ६ स्थान तल झरेको श्रीलंका फिफा वरियतामा २०५औं स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि