बैशाख १५, २०८१, शनिबार
               

च्याम्पियन्स लिग जित्न पीएसजी आएको हुँ, क्लबसँग राम्रा खेलाडी छन् : मेस्सी

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पीएसजीमा आउनुको आफ्नो मुख्य उद्देश्य च्याम्पियन्स लिग जित्नु रहेको बताएका छन् ।

पीएसजीले हालसम्म च्याम्पियन्स लिग उपाधि जित्न सकेको छैन । मेस्सीको आगमनसँगै पीएसजी झनै बलियो भएको छ र नयाँ सिजनमा हुने च्याम्पियन्स लिगको लागि पीएसजी तयार भएको छ ।

मंगलबार पीएसजीसँग दुई वर्षे सम्झौतामा हस्ताक्षर भइसकेपछि पहिलोपटक आयोजना भएको पत्रकार सम्मेलनमा क्लबलाई च्याम्पियन्स लिग जिताउनु आफ्नो इच्छा भएको बताएका हुन् ।

उनले क्लब र आफ्नो उद्देश्य एकै भएको र च्याम्पियन्स लिग जिताउनसक्ने उत्कृष्ट खेलाडीहरु पीएसजीसँग भएको उनको भनाइ छ ।

नेमार, पारादेस तथा डिमारियाजस्ता खेलाडी भएकाले आफूलाई पीएसजीमा घुलमिल हुन गाह्रो नहुने पनि उनको भनाइ छ। मार्का


कस्तो लाग्यो ?

यो पनि