बैशाख २२, २०८१, शनिबार
               

२१ वर्ष बार्सिलोनाबाट खेल्दा मेस्सीले बनाउन नसकेका केही रेकर्डहरू

नेपाल फ्ल्यास
साउन २७, २०७८

ADVERTISEMENT

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आफ्नो २१ वर्षको बार्सिलोना यात्रालाई पुर्णविराम लगाइसकेका छन् । उनी २००० देखि २०२१ सम्म बार्सिलोनाको जर्सिमा देखिए भने उनले बार्सिलोना क्लबको साथमा कयौं रेकर्डहरू बनाए । उनी अहिले लिग वान क्लब पीएसजीमा अनुबन्ध भएका छन् । 

मेस्सी बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले बार्सिलोना करियरमा ७७८ खेलमा ६७० गोल गरेका छन् भने ३५ उपाधि  जितेका छन् ।

उनले बार्सिलोना क्लबकोे साथमा अन्य थुप्रै रेकर्डहरू पनि बनाएका छन् । तर बार्सिलोनाबाट बार्हिगमनसँगै मेस्सी केही महत्वपुर्ण रेकर्ड बनाउन भने चुकेका छन् । 

मेस्सीले बार्सिलोनाको साथमा बनाउन नसकेका केही रेकर्डहरू :

१. एउटै क्लबका लागि सर्वाधिक उपाधि

मेस्सीले बार्सिलोनाको साथमा ३५ उपाधि जितेका छन् र उनी एउटै क्लबका लागि सर्वाधिक उपाधि जित्ने दोश्रो खेलाडी हुन् । बार्सिलोनाबाट गएसँगै मेस्सीले म्यानचेस्टर युनाइटेडका र्यान गिग्सको एउटै क्लबका लागि ३६ उपाधि जित्ने रेकर्ड तोड्न असफल भएका हुन् । 

२.सर्वाधिक ला लिगा उपाधि

मेस्सीले आफ्नो १७ वर्षे करियरमा १० ला लिगाको उपाधि जितेका छन् । उनी सर्वाधिक ला लिगा जित्ने मामिलामा रियल मड्रिडका पूर्वखेलाडी पिर्रीसँग एउटै सूचीमा छन् ।

तर रियल मड्रिडकै अर्का लिजेण्ड खेलाडी पाको जेन्टो भने सर्वाधिक ला लिगा उपाधि चुम्ने सुचिमा अग्रस्थानमा छन् । जेन्टोले आफ्नो करियरमा १२ ला लिगा उपाधि जितेका छन् । 

३. बार्सिलोनाबाट सर्वाधिक च्याम्पियन्स लिग खेल्ने खेलाडी

मेस्सीले बार्सिलोनाको साथमा १४९ च्याम्पियन्स लिग खेल खेलेका छन् भने उनी सर्वाधिक च्याम्पियन्स लिग खेल्ने बार्सिलोनाकोे दोश्रो खेलाडी हुन् ।

बार्सिलोनाबाट सर्वाधिक च्याम्पियन्स लिग खेल्ने रेकर्ड जावी हर्नान्डेजको नाममा रहेको छ । जावीले समग्रमा १५१ च्याम्पियन्स लिग खेल खेलेका छन् । बार्सिलोनाबाट बाहिरिएसँगै मेस्सीले त्यो रेकर्ड समान गर्ने मौका पनि गुमाएका छन् ।

४. कोपा डेल रेमा सर्वाधिक गोल

मेस्सी कोपा डेल रेको इतिहासमा सर्वाधिक गोल गर्ने चौथो खेलाडी हुन् । उनले कोपा डेल रेमा ५६ गोल गरेका छन् । कोपा डेल रेमा सर्वाधिक गोल गर्ने रेकर्ड एट्लेटिको बिल्बाओका खेलाडी टेल्मो जर्राको नाममा रहेको छ उनले कोपा डेल रेमा ८१ गेल गरेका थिए ।

सुचिको दोश्रो स्थानमा बार्सिलोनाका जोसेप सेमिटाएर ७० गोल,तेश्रो स्थानमा भ्यालेन्सियाका गोरोस्टिजा ६४ गोल रहेका छन् । मेस्सी बार्सिलोनाका लागि भने कोपा डेल रेमा सर्वाधिक गोल गर्ने दोश्रो खेलाडी हुन् ।


कस्तो लाग्यो ?

यो पनि