बैशाख १४, २०८१, शुक्रबार
               

मेस्सी फ्रेन्च फुटबल क्लब पिएसजीमा आबद्ध

नेपाल फ्ल्यास
साउन २७, २०७८

ADVERTISEMENT

एजेन्सी । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका छन् ।

स्पेनिस लिगको नयाँ वित्तीय व्यवस्थाको कारण बार्सिलोना छाड्न बाध्य भएका मेस्सीले दुई वर्षको लागि पिएसजीसँग सम्झौता गरेका हुन् ।

पिएसजीमा उनको तलब साताको १० लाख पाउण्ड रहेको छ । यसको झण्डै ४५ प्रतिशत उनले कर बुझाउनुपर्ने हुन्छ । मेस्सीको आगमनले पिएसजी फुटबल क्लब झनै शक्तिशाली भएको क्लबका अध्यक्ष नासिर अल खलिफाले बताए ।

पिएसजीमा यसअघि नैं विश्वका स्टार खेलाडीहरु नेयमार र किलियन एम्बाप्पे रहेका छन् । मेस्सीले यी दुई खेलाडीसँग मिलेर पिएसजीको आक्रमण समाल्नेछन् ।

उनको आगमनपछि क्लबले युरोपियन च्याम्पियन्स लिग फुटबल जित्ने लक्ष्य राखेको छ । सन् २००४ देखि बार्सिलोनाबाट व्यवसायिक खेल खेलेका मेस्सीको १७ वर्षे खेल करियरमा पिएसजी दोस्रो क्लब हो ।


कस्तो लाग्यो ?

यो पनि