बैशाख २३, २०८१, आइतबार
               

मेस्सी बिनाको बार्सिलोनाद्वारा युभेन्टस् ३–० ले पराजित

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

एजेन्सी । बार्सिलोनाले सन् २०२१/२२ सिजन उत्कृष्ट तरिकाले सुरुवात गरेको छ । वार्षिकरुपमा खेलिने जोआन ग्याम्पर ट्रफीमा बार्साले युभेन्टसलाई ३–० गोलले पराजित गरेको हो ।

लियोनेल मेस्सीले क्लब छाडेपछिको पहिलो खेल एस्टाडी जोहान क्रायफ मैदानमा ३ हजार समर्थकसामु खेलिएको थियो । खेलको शुरुवातमा समर्थकहरुले मेस्सीको नाम लिँदै मैदान गुञ्जाएका थिए । मेस्सीबिना मैदानमा उत्रेको बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गर्दै समर्थकहरुलाई राहत दिएको थियो । 

खेलको तेस्रो मिनेटमा नै मेम्फिस डिपेले बार्सिलोनालाई अग्रता दिलाए । प्रिसिजनमा डिपेले बार्साका लागि तीन गोल गरिसकेका छन् । उता, युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो, म्याथिस डि लिट र अल्भारो मोराटाले गोल फर्काउने प्रयास गरे पनि गोलकिपर नेटोले सबै प्रयास विफल बनाएका थिए ।

दोस्रो हाफमा मार्टिक ब्राथवेटले बार्साको अग्रता दोब्बर बनाए भने खेलको इन्जुरी समयमा रिकी पुइगले अर्को गोल थप्दै बार्सिलोनालाई सहज दिलाए ।


कस्तो लाग्यो ?

यो पनि