बैशाख २३, २०८१, आइतबार
               

भावुक हुँदै मेस्सीले भने - 'क्लवबाट बाहिरिन निकै कठिन भइरहेकाे छ'

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

बार्सिलोनामा २१ वर्ष दिताएका लियोनल मेस्सीले अन्तिम पटक आफ्ना समर्थकबाट विदाई हुँदा निकै भावकु भएका छन् । बार्सिलोनामा भएको पत्रकार सम्मेलनमा मेस्सीले आँखामा आँशु निकाल्दै सबैलाई बाईबाई भनेका छन् । 

उनले पत्रकार सम्मेलनमा क्लवबाट बाहिरिनु निकै कठिन भएको र अहिलेको अवस्थाका लागि आफू तयार नभएको बताए-'एक वर्ष अगाडि आफू छोड्नका लागि तयार भए पनि यो वर्ष बार्सिलोनामा नै बस्ने मासिकता थियो । आफूमात्र नभएर आफ्नो परिवारलगायत सबैको मानसिकता बार्सिलोनामा नै रहने थियो । तर आज आएर बाईबाई हुनुपर्ने अवस्था आएको छ ।'

१३ वर्षको उमेरमा बार्सिलोनामा आएको किशोर २१ वर्षपछि आफ्ना छोराहरू र श्रीमतीका साथ जानुपर्ने भएको छ । अहिलेका लागि बार्सिलोनाबाट विदाई भएपछि एकदिन फेरि फर्किने बाचा आफ्ना छोराहरूलाई दिएको र त्यो पुरा गर्ने बताए । 

उनले बार्सिलोनामा नै बस्नका लागि सबै कुरा मिलेको तर अन्तिममा ला लिगाको नियमले सबैकुरा परिवर्तन गरेको बताए । उनले बार्सिलोनामा नै बस्नेका लागि सबै प्रयास गरेको तर त्यो पनि नमिल्दा बाध्य भएर बाहिरिनु परेको बताए । उनले अघिल्लो वर्ष आफू नबस्ने मुडमा रहे पनि यो वर्ष जसरी पनि रहने भन्ने चाहना हुँदाहुँदै पनि असफल भएको बताए । 

बार्सिलोना छोड्ने भएपछि दिमागमा धेरै कुरा खेलेको र तर आफूले आफूलाई बार्सिलोना छोड्नलाई आत्मबल बलियो बनाउन बाध्य भएको बताए । यसका साथै मेस्सीले पेरीस सेन्ट जर्मेन आफ्नो भविष्यको एउटा विकल्प रहेको बताए । क्लवले आफूलाई धेरैपटक  कुरा गरेको धेरै विकल्प राखेको समेत बताए । तर अहिलेको अवस्थामा केही पनि फाइनल नभएको बताए ।

उनले बार्सिलोनामा आफ्नो अविष्मरणीय क्षण पहिलो पटक सिनियर टिममा डेब्यु गर्दा रहेको बताए । त्यो आफ्नो सपना पूरा भएको दिन थियो । जुन जहिले पनि सम्झिने बताए । उनले आफ्नो विदाई कुनै एउटा खेल खेलेर होस् भन्ने चाहना भए पनि अहिले नै बाईबाई भन्नुपर्ने अवस्था आउँदा केही दु:खी भएको धारणा राखे । 

बार्सिलोना आफ्नो मुटुमा रहेको र एक वर्ष भन्दा बढी समयसम्म समर्थकलाई मैदानमा नदेख्दा निकै कठिन भएको थियो । उनले भने-'यदि दर्शक मैदानमा प्रवेशको समय भएको भए अहिलेको अवस्थामा क्याम्प नोउ भरिभराउ हुन्थ्यो । त्यो बेला आफूले हजारौं समर्थकको अगाडि बिदाई लिँदा निकै खुसी हुने थिए ।'

जब आफूले बार्सिलोना छोड्नुपर्छ भन्ने थाहा पाए, त्यो बेला आफ्नो रगत नै चिसो भएको अनुभव गरे । त्यो बेलादेखि अहिलेसम्म आफूलाई निकै कठिन भइरहेको र अझै पनि आफूलाई शान्त बनाउने प्रयासमा रहेको बताए । अझै पनि अर्को स्थानमा आफूले घर पाउँदा पनि त्यहाँ बस्न निकै कठिन हुने संभावना रहेको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि