बैशाख २२, २०८१, शनिबार
               

मेस्सीकाे अबकाे यात्रा : नेइमारकाे माया र रोनाल्डोको त्यो सार्थक भनाइ !

नेपाल फ्ल्यास
साउन २२, २०७८

ADVERTISEMENT

समर्थकहरू मेस्सी र बार्साबीच सम्झौता पत्रमा हस्ताक्षर भएको समाचार कुरिरहेका थिए । त्यही बेला बार्साले विज्ञप्ती जारी गर्दै भन्यो– 'स्पेनिस लिग ला लिगाको वित्तिय र संरचनात्मक बाधाका कारण मेस्सी अब क्लबमा रहने छैनन् । यो खबर फुटबल प्रेमीका लागि सुखद होइन् ।'

विज्ञप्तीमा भनिएको छ – 'दुवैपक्ष मेस्सी र बार्सा पाँच वर्षका लागि सम्झौता थप गर्न सहमत हुँदाहुँदै पनि हस्ताक्षर संभव भएन् । कारण ला लिगाको फाइनान्सिययल फेयर प्ले नियम । बार्साले मेस्सीले क्लबको छोड्नुको मुख्य दोष पनि ला लिगालाई नै दिएको छ ।

त्यस्तो नियम के छ जसले मेस्सीको नोउ क्याम्प बसाइमा बाधक बन्यो । आर्थिक नियमको मापदन्ड पुरा गर्न बार्साले, खेलाडी बेच्नुपर्ने स्थिती छ ।  

आर्थिक नियमको मापदण्ड कस्तो ?

करिब २ सय मिलियन पाउन्ड तलव कटौती गर्नुपर्नेमा अहिले सम्म त्यसतर्फ अग्रसर देखिएको छैन् । मेस्सी आफ्नो तलव ५० प्रतिशत कम गर्न राजी भएका थिए । बार्साले ला लिगाको नियममा रहेर मेस्सीलाई ३० प्रतिशत मात्र  तलव दिन सक्ने भएपछि हस्ताक्षर हुन नसकेको हो ।

बार्साले ट्रान्सफरबाट प्राप्त रकमको २५ प्रतिशत मात्र नयाँ खेलाडी अनुबन्धनमा खर्च गर्न पाउनेछ । ७५ प्रतिशत ऋण तिर्नुपर्नेछ । कोभिडका कारण बार्साको आम्दानी यो बर्ष एक सय २५ मिलियनले घटेको छ । अहिले मेस्सीसँग नयाँ सम्झौता गरेमा ला लिगाको आर्थिक नियमको मापदण्डविपरित रकम दिनुपर्ने भएकाले पनि मेस्सीको सम्झौता हुन नसकेको हो । 

मेस्सीको बार्सिलोना यात्रा

१३ वर्षको हुदा बार्साको युवा एकेडेमी आएका मेस्सीले २००४ मा सिनियर टिममा डेब्यु गरे । यो बीचमा मेस्सी विश्व फुटबलकै उत्कृष्ट खेलाडी बने । उनले बार्साका लागि ७ सय ७८ खेल खेल्दै ६ सय ७२ गोल गरेका छन । १० ला लिगा र चार च्याम्पियन्स लिग सहित कुल ३५ उपाधि जितेका उनी क्लबका सर्वाधिक गोलकर्ता हुन्  ।

विश्व फुटबलमा मेस्सी र रोनाल्डोमध्ये सर्वोत्कृष्ट  खेलाडी को भन्ने चर्चा करिव १५ वर्षसम्म चल्यो । मेस्सीले बार्सिलोनाबाट नै आफ्नो यात्रालाई बलियो बनाएर अगाडि बढेका थिए । उनले क्लवबाट प्रायः रेकर्ड तोडेका थिए । चाहे त्यो सर्वाधिक गोलकर्ता होस या धेरै खेल खेल्ने । 

नयाँ सम्झौता भएको भए मेस्सीले अझै रकेर्डको चाँङ नै लगाउने पक्का थियो । तर अब त्यो संभव नहुने नै भएको छ । 

२०२० मेस्सीका लागि खल्लो वर्ष

वर्ष २०२० मा मेस्सीका लागि बार्सिलोनासँग निकै तितो सम्बन्ध रह्यो । त्यो बेलाका अध्यक्षसँग मेस्सीको व्यक्तिगत रुपमा पनि राम्रो सम्बन्ध नहुँदा अचानक क्लव छोड्ने निर्णयमा पुगे । तर बार्सिलोनाका अध्यक्षले मेस्सीलाई अर्को क्लवमा जानका लागि सात सय मिलियन युरो रिलिज क्लज राखे । 

केही सातासम्म चलेको त्यो अन्योलतालाई मेस्सीले नै समाधान गरे । उनले एक वर्ष बार्सिलोनामा नै बस्ने निर्णय गरे भने विभिन्न आरोप लागेका अध्यक्ष जोसेपले बीचमा नै राजिनामा दिए । मेस्सीले क्लव छोड्न निर्णयपछि बार्सिलोनामा अध्यक्ष हटाउनका लागि अभियान नै चल्यो । जुन अभियानले जोसेपलाई ठूलो दबावमा पार्यो । 

दुई महिनादेखि नै क्लवविहिन

२०२० मा क्लबलाई औपचारिक पत्र लेख्दै क्लब छोड्न चाहेको बताएका मेस्सी गत जुलाई यता फ्रि एजेन्टका रुपमा थिए । उनका पिता नै उनका एजेन्ट हुन । बार्सिलोनासँगको नयाँ सम्झौताका लागि उनका पिताले क्लवसँग केही चरण छलफल गरेका थिए ।

बार्सिलोनाका नयाँ अध्यक्ष लार्पोटाले मेस्सीलाई राख्न क्लवले चाहेको र मेस्सीपनि बस्ने चाहना हुँदाहुँदै संभव नभएको बताए । उनले खेलाडीका तलव क्लवको कूल आम्दानीभन्दा बढी खर्च भएकाले पनि कठिन भएको बताएका छन । 

मेस्सीको अबको यात्रा अनिश्चित

अघिल्लो वर्ष बार्सिलोना छोड्ने भन्दा मेस्सीलाई अनुबन्धका लागि सिटीले प्रयास गरेको थियो । तर रिलिज क्लज धेरै भएकाले पनि संभव भएको थिएन ।

यसपटक उनी फ्री एजेन्टमा छन । जसमा सिटीले पनि इच्छा देखाएका छन् । तर सिटीले नयाँ सिजनका लागि मिडफिल्डर ज्याक ग्रिलिसलाई अनुबन्धन गरेको छ भने टोटेनहमका हेरी केनलाई भित्र्याउने बताएको छ ।  यसले मेस्सीलाई अनुबन्ध गर्न सक्छ वा सक्दैन भन्ने चर्चा भए पनि सिटीले चार वर्षको प्रस्ताव गरेको बताइएको छ ।

यता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी पनि आफ्नो टिमलाई विश्वको सर्वोत्कृष्ट टिम बनाउने लक्ष्यका साथ अनुबन्ध गर्ने चाहनामा छ । पीएसजीमा अर्जेन्टिनाकै माउरिसियो पोचेटिनो पिएसजीका प्रशिक्षक छन । पोचेटिनोले मेस्सीलाई सम्पर्क गरेको भन्ने पनि चर्चा सुरु भएको छ ।

यता मेस्सी बार्सामै बस्न सक्ने सम्भावना पनि जिवितै छ । तर त्यसका लागि ला लिगाले आफ्नो आर्थिक नियममा लचकता अपनाउनु पर्नेछ भने त्यो सम्भव पनि छ । तर त्यसका लागि प्रक्रियामा जानुपर्नेछ ।  तर मेस्सी र बार्सिलोनाबीच सम्झौता नहुने भएपछि मेस्सीका फ्यान निराश भएका छन । 

रोनाल्डोको भनाइ सार्थक बन्दै

रोनाल्डोले जब रियल छोडेर युभेन्टसमा अनुबन्ध भएका थिए, त्यसको केही समयपछि उनले मेस्सी आफ्नो कम्फर्ट जोनमा रहेर खेलिरहेको र त्यो बाट बाहिर निस्किएको खण्डमा उनको असली परीक्षा हुने बताएका थिए । 

रोनाल्डोले यदि मेस्सीले बार्सिलोना छोडेर अरु क्लवमा गएको खण्डमा उनको जुन क्षमता अहिले देखिएको छ, त्यसका पनि टेष्ट हुने र त्यसका लागि अहिले नै शुभकामना दिन चाहेको बताएका थिए । 

नेयमारले आफ्नो जर्सी नम्बर दिने 

बार्सिलोनाका पूर्वखेलाडी तथा मेस्सीका निकै मिल्ने साथी नेयमारले यदि उनी पीएसजी आएको खण्डमा आफूले लगाउँदै आएको १० नम्वर जर्सी दिने बताएका छन । नेयमारले मेस्सी पीएसजी ल्याएको खण्डमा १० नम्बर जर्सी दिनका लागि क्लवसँग प्रस्ताव गरेको बताइएको छ । 

नेयमारले बार्सिलोना छोडेर गएपछि फेरि फर्काउनका लागि मेस्सीले पनि प्रयास गरेका थिए । तर सफल भएका थिएनन् । तर अहिले समयले कोल्टे फेरेको छ । मेस्सीलाई आफू खेल्न क्लवमा ल्याउनका लागि नेयमारले पनि प्रयास गरिरहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि