जेठ ०८, २०८१, मंगलबार
               

नेपाली फुटबल टिमले भारतसँग २ मैत्रीपूर्ण खेल खेल्ने

नेपाल फ्ल्यास
साउन २२, २०७८

ADVERTISEMENT

नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाका अनुसार दुबै खेल दशरथ रंगशालामा सेप्टेम्बर दुई र ५ मा खेल्ने भएको छ । 

भारतीय फुटबल संघले नेपालसँगको मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्तावमा एन्फाले स्वीकार गरेको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिमले सो प्रतियोगिता अगाडि दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।

साफ च्याम्पियनसिपको आयोजनाका लागि एन्फाले आफ्नो तयारी तीब्र रुपमा गरिरहेको छ । बंगलादेशले साफ च्याम्पियनसिप नगर्ने भएपछि नेपाललाई प्रतियोगिता आयोजनाका लागि प्रस्ताव आएको छ । जसमा एन्फाले दावी गरेको छ । साफ नेपालमा हुने पक्का नै छ ।

तर त्यो अगाडि टिमलाई एक्पोजरका रुपमा दुई मैत्रीपूर्ण खेल खेलाउने योजना बनेको छ । साफमा उपाधिको प्रबल दावेदार भारत पनि साफको तयारीमा छ ।

नेपाल भारत अहिलेसम्म १९ पटक आमनेसामने भएका छन । जसमा १३ खेल भारतले जितेको छ भने दुई खेलमा नेपाल विजयी भएका छ । सन २०१३ मा काठमाडौंमा भएको साफमा नेपालले भारतलाई दुई-एकले हराएको थियो । सन् २०१८ को फिफा विश्वकप छनौट अन्तर्गत मार्च २०१५ मा नेपाल र भारतले खेल्दा गोलरहित बराबरी भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि