बैशाख १९, २०८१, बुधबार
               

राजनीतिप्रति पारसको चासाे

नेपाल फ्ल्यास
साउन २०, २०७८

ADVERTISEMENT

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अचानक अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गर्दै सबैलाई आश्चार्यमा पारे । तर, पारसले आफ्नो सन्यास अचानक नभएको र यो धेरै सोचेर लिएको निर्णय भएको बताए । साथै उनले अहिलेसम्म प्यासनले क्रिकेटमा लागेको थिए, तर अब यसलाई करियर बनाउने बताए ।

१० वर्ष नेपाली टिमको कप्तान गरेर दुई वर्ष अगाडिमात्र छोडेका पारसले अब पूर्वखेलाडीको नाताले आफूले गर्नसक्ने काम गर्ने बताए । आफूले अहिलेसम्म हात पारेको अनुभवलाई यदि मिलाएर अगाडी लग्यो भने यसले क्रिकेटको भविष्यमालाई बलियो बनाउन सहयोग गर्ने बताए । 
फरक प्रशंगमा राजनीतिमा प्रवेशको विषयमा उनले आफू कुनै पार्टीसँग जोडिएर नेपाललाई कुनै न कुनै तरिकाले महत्व दिनसक्ने भए त्यसका लागि पनि आफू तयार रहेको बताए । क्रिकेट बाहेकको जुन पोलिटिकल लाइन छ, सही अवसर पाएमा त्यसबारे सोच्ने उनले बताए ।

साथै पारसले आफ्नो अहिलेको चाहना व्यवस्थापकमा आउनु भए पनि त्यो बाटो निकै कठिन रहेको बताए । उनले खेलाडीले क्रिकेटमा परिवर्तन ल्याउन सम्भव भएको भए पनि व्यवस्थापनमा त्यस्तो ज्ञारेन्टी नभएको बताए ।


कस्तो लाग्यो ?

यो पनि