बैशाख १९, २०८१, बुधबार
               

सर्‍यो ए डिभिजन लिग

नेपाल फ्ल्यास
साउन १७, २०७८

ADVERTISEMENT

असोज ३ गतेबाट सुरु हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग पछि सरेको छ । दक्षिण एसियाली फुटबल प्रतियोगिता 'साफ च्याम्पियनसिप'को कारण देखाउँदै लिग सरेकाे हाे

अब लिग कार्तिक २९ गतेबाट सुरु  गर्ने आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरु बीचको संयुक्त बैठकले निर्णय गरेकाे छ । 

त्यस्तै पुरस्कार रकम समेत बढाइने एन्फाले जनाएको छ । ५० लाखबाट बढाएर ७५ लाख पुर्‍याउने एन्फाले जनाएको छ । दोस्रो र तेस्रो हुने क्लबले क्रमश ५० लाख र २५ लाख प्राप्त गर्नेछन् । 

लिगको पुछारमा रहने दुई क्लब रेलिगेशनमा पर्नेछन् । यसअघिको लिगमा एउटा क्लबमात्र रेलिगेशनमा परेको थियो । 


कस्तो लाग्यो ?

यो पनि