बैशाख १२, २०८१, बुधबार
               

प्रशिक्षक अल्मुताइरीले फेसबुकमा आफ्नो नामै तोकेपछि नेम्वाङले दिए छानबिनका लागि एन्फामा निवेदन

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो नाम फेसबुकमा नै किटान गरेर राजीनामा दिन लागेको र यसको मुख्य कारण पंकज नेम्वाङ भएको भन्ने कुराको स्पष्ट छानबिनका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङले अध्यक्ष कर्माछिरिङ शेर्पाको नाममा निवदेन पेश गरेका छन् ।  

नेम्बाङले प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमा आफ्नो नाम नै राखेर राजीनामा दिन जान लागेको र यसमा आफ्नो नाम राखेकोमा गम्भिर आपत्ति भएको र यसले आफ्नो ब्यक्तिगत र लामो समय फुटबल प्रतिको गरेको योगदान र इतिहास समाप्त हुनेगरी आधारहीन आरोप लगाएको बताएका छन् । उनले सो निवदेनमा प्रशिक्षक अब्दुल्लाहसँग आफ्नो ब्यक्तिगत कुनै पनि रिस राग वा आग्रह पूर्वाग्रह नहुँदा पनि निज प्रशिक्षकले विगत तीन सातादेखि नाटक गरेको र त्यसकारणले राजीनामा दिन लागेको भन्दै आफूले राजीनामा दिँदै गर्दा खुसी हुने भनी उल्लेख गर्दा आफ्नो बदनामा भएको बताएका छन् । जसमा अल्मुताइरीमाथि आफूले के कति कारणले नाटक गरेको र के कति कारणले राजीनामा दिनुपर्‍यो आवश्यक छानबिन गरी सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

 मुख्य प्रशिक्षक अब्दुल्लाहले दुई दिन अगाडि आफू राजीनामा दिन एन्फा जान लागेको र यसको मुख्य कारण पंकज नेम्बाङ भएको भन्ने आसयका साथ फेसबुकमा स्टेटस राखेका थिए । जसका कारण फुटबल जगतमा ठूलो तहल्का नै मच्चिएको थियो । यता पंकजले आफू यो विषयमा कुनै जानकार नभएको र अचानक फेसबुकमा आफ्नो नाम राखेको देख्दा अचम्ममा परेको बताएका थिए । अब्दुल्लाहले भने पंकजले तीन सातादेखि आफूमाथि नाटक गरेको आरोप लगाएका थिए । अब पंकजको निवेदनको निचोड के निस्किन्छ भन्ने मुख्य प्रश्न रहेको छ । अब्दुल्लाको राजीनामा दिनमा पंकज जोशी रहेको भन्ने आशयका साथ आएको सो स्टेटसपछि उनलाई चौतर्फी ओलोचना भइरहेको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहल अल्मुताइरीले आफ्नो नाम फेसबुकमा नै किटान गरेर राजीनामा दिन लागेको र यसको मुख्य कारण पंकज नेम्वाङ भएको भन्ने कुराको स्पष्ट छानबिनका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङले अध्यक्ष कर्माछिरिङ शेर्पाको नाममा निवदेन पेश गरेका छन् । नेम्बाङले प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमा आफ्नो नाम नै राखेर राजीनामा दिन जान लागेको र यसमा आफ्नो नाम राखेकोमा गम्भिर आपत्ति भएको र यसले आफ्नो ब्यक्तिगत र लामो समय फुटबल प्रतिको गरेको योगदान र इतिहास समाप्त हुनेगरी आधारहिन आरोप बताएका छन् । 

उनले सो निवदेनमा प्रशिक्षक अब्दुल्लाहसँग आफ्नो ब्यक्तिगत कुनै पनि रिस राग वा आग्रह पूर्वाग्रह नहुँदा पनि निज प्रशिक्षकले विगत तीन सातादेखि नाटक गरेको र त्यसकारणले राजीनामा दिन लागेको भन्दै आफूले राजीनामा दिँदै गर्दा खुसी हुने भनी उल्लेख गर्दा आफ्नो बदनाम भएको बताएका छन् । जसमा अल्मुताइरीमाथि आफूले के कति कारणले नाटक गरेको र के कति कारणले राजीनामा दिनुपर्यो आवश्यक छानबिन गरी सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि