बैशाख १३, २०८१, बिहीबार
               

जापान शीर्षस्थानमा उक्लियो

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

जारी टोकियो ओलम्पिकको पदक तालिकामा घरेलु टिम शीर्षस्थानमा उक्लिएको छ । प्रतियोगिताको तेस्रो दिनको खेल सकिँदा जापान ८ स्वर्ण दुई रजत र तीन काश्यसहित शीर्षस्थानमा उक्लिएको छ । 

जापानलाई पक्ष्याइरहेको अमेरीका दोस्रो स्थानमा छ भने यसअघि शीर्षस्थानमा रहेको चीन तेस्रो स्थानमा झरेको छ । अमेरीकाले अहिलेसम्म सात स्वर्ण, तीन रजत र चार काश्य जितेको छ । यस्तै चीनको ६ स्वर्ण, पाँच रजत र सात काश्यक सहित कुल १८ पदक छ । 

यस्तै ओलम्पिकको झण्डामा खेलिरहेको रसियन टिमले चार स्वर्ण पाँच रजत र तीन काश्य सहित कुल १२ पदक जितेको छ । रसियन खेलकुद प्रतिबन्धमा रहेकाले ओलम्पिकमा उसका खेलाडीले आइओसीको झण्डामा खेलिरहेका छन् । 

तालिकाको पाँचौं स्थानमा बेलायत रहेको छ । उसले आजैमात्र तीन स्वर्ण जितेको हो । उसको तीन रजत र एक काश्यसहित सात पदक पुगेको छ । 

पदक तालिकाको छैटौं स्थानमा दक्षिण कोरीया छ । उसको पनि तीन स्वर्ण छ । अष्ट्रेलियाले दुई स्वर्ण जित्दा कोसोभोले पनि दुई स्वर्ण हात पारेको छ । तेस्रो दिनको खेलसम्ममा १६ टिमले स्वर्ण जितेका छन भने कूल ४६ देशले पदक हासिल गरेका छन ।


कस्तो लाग्यो ?

यो पनि