बैशाख ०८, २०८१, शनिबार
               

टोकियो ओलम्पिक : फ्रान्स पराजित हुँदा स्पेन बराबरीमा रोकियो

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा मेक्सिकोको यू-२३ टिमले फ्रान्सको यू-२३ टिमलाई पराजित गरेको छ ।

बिहीबार भएको खेलमा मेक्सिकोले फ्रान्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । समूह 'ए' मा रहेको मेक्सिकोलाई जित दिलाउन एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डोभा,कार्लोस अन्टुना र एड्वार्डो अग्युरेले एक एक गोल गरे । फ्रान्सका आन्द्रे पीएरेले एक गोल फर्काए ।

यता स्पेनलाई इजिप्टले गोलरहित बराबरीमा रोकेको छ । यूरो २०२० का युवा खेलाडीबाट पुरस्कृत पेड्रीको उपस्थितिले समेत स्पेनको नतिजामा सकारात्मक असर भएन ।

रियल मड्रिडका डेनी सेबाल्लोस घुँडाको चोटको कारण उद्घाटन खेलमा सहभागी हुनुभएन । स्पेनलाई बराबरीमा रोक्न वेष्टब्रुमका पूर्ब डिफेन्डर अहमद हेगाजीको उत्कृष्ट प्रदर्शन निर्णायक रहयो ।

पेड्री अतिरिक्त यूरोकप फुटबल २०२० खेलेका मिकेल ओयार्जबल, डेनी ओल्मो, पाउ टोरस र एरिक गार्सियालाई समेत इजिप्ट बिरुद्ध स्पेन ब्यवस्थापनले उतारेको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि