काठमाडौं । प्रि-सिजन तयारी स्वरूप भएको पहिलो मैत्रीपूर्ण खेलमा इन्टर मिलानले संघर्षपूर्ण जित हात पारेको छ ।
सिरी ‘ए’ च्याम्पियन इन्टरले शनिबार राति स्वीस क्लब लुगानो एफसीलाई पेनाल्टीमा सुटआउटमा ४-३ ले हराएको हो । यससँगै इन्टरले लुगानो कपको उपाधि समेत जितेको छ ।
खेलको निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा इन्टरले जित्यो ।