जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाका कारण फेरियो ओलम्पिक नियम, खेलाडीले आफैँ पहिरिनेछन् मेडल

एजेन्सी
साउन ०४, २०७८

ADVERTISEMENT

कोरोना महामारीका कारण टोकियो ओलम्पिकमा धेरै नयाँपन देख्न पाइनेछ । यस ओलम्पिकमा पहिलोपटक खेलाडी आफैँले आफ्नो गलामा मेडल पहिरिनेछन् । जबकि, पहिले पहिले अतिथिले विशेष समारोहमा खेलाडीलाई मेडल लगाइदिन्थे ।

संक्रमणलाई ध्यानमा राखेर परिवर्तन गरिएको यो एउटै मात्र नियम भने होइन । पदक वितरण समारोहमा खेलाडीलाई हात मिलाउन र गला लगाउन पनि पाइने छैन । 

कोरोना महामारीका कारण टोकियोमा संकटकाल लागु छ । ओलम्पिक रंगशालामा दर्शक छिर्न पाउने छैनन् । यसअघि हरेक रंगशालामा ५० प्रतिशत वा अधिकतम १० हजार दर्शकलाई प्रवेश दिन सकिने बताइएको थियो, तर कोरोना संक्रमण बढ्दै गएपछि दर्शकको प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।  

जापान र विशेषगरी टोकियोवासीहरू कोरोनाकालमा आयोजित ओलम्पिकलाई लिएर उत्साहित छैनन् । मार्चमा ओलम्पिक टर्च रिले हुँदा पनि धेरै सहरहरूमा यसको विरोध पनि भयो । यद्यपि विरोधका बाबजुद जापान सरकारले ओलम्पिक आयोजना गरेरै छाड्ने निर्णय गरिसकेको छ । 

अहिले टोकियोमा जारी संकटकाल २२ अगस्तसम्म रहने छ ।


कस्तो लाग्यो ?

यो पनि