जेठ ०८, २०८१, मंगलबार
               

ओलम्पिक तयारीमा रहेकी एथ्लेटिक्स प्रशिक्षक मल्ललाई कोरोना

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

आसन्न टोकियो ओलम्पिकको तयारीमा रहेकी एथ्लेटिक्स प्रशिक्षक इन्द्राकुमारी मल्ललाई कोरोना संक्रमण देखिएको छ ।

टोकियो ओलम्पिकका लागि एथ्लेटिक्स टोली जुलाइ २५ मा टोकियो प्रस्थान गर्ने कार्यक्रम थियो । त्यही अनुसार एक सातासम्म कोरोना परीक्षण गर्नुपर्नेमा हिजो पहिलो दिन नै कोरोना संक्रमण पुष्टि भएको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । 
उनीसँगै परीक्षण गराएकी खेलाडी सरस्वती चौधरीको भने नेगेटिभ रिपोर्ट आएको छ । यद्यपि उनी सिधा कन्ट्रयाक ट्रेसिङमा परेकी छन् । लगातार सात दिनसम्म परीक्षणको नतिजा नेगेटिभ आएमा उनी भने जापान जानेछिन् ।


कस्तो लाग्यो ?

यो पनि