बैशाख ०६, २०८१, बिहीबार
               

बायर्न म्युनिख पराजित

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ। एफसी कोल्नसँगकाे मैत्रिपूर्ण खेलमा बायर्न पराजित भएकाे हाे । 

शनिबाररातिको खेलमा बायर्न बुन्डेस लिगा प्रतिद्वन्दी एफसी कोल्नसँग ३-२ गोल अन्तरले पराजित भएको हो। एमएस टेक्नोलोजी एरिनामा भएकाे खेलको छैटौं मिनेटमा अर्मिन्डो सिएबले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

तर, २० औं मिनेटमा जान थिलमानले गोल गर्दै कोल्नलाई १-१ गोलको बराबरीमा ल्याए । २७ औं मिनेटमा मार्क उथले गोल गर्दै कोल्नलाई २-१ को अग्रता दिलाए ।

खेलको ३५ औं मिनेटमा जोशुवा जिर्कजीले गोल गर्दै बायर्नलाई २-२ गोलको बराबरीमा फर्काए ।त्यसपछि खेलको ५६ औं मिनेटमा मार्कले व्यक्तिगत दोस्रो गोल गर्दै कोल्नलाई ३-२ को जित दिलाए।


कस्तो लाग्यो ?

यो पनि