बैशाख १६, २०८१, आइतबार
               

ओलम्पिक भिलजमै कोरोना भेटिएपछि खेलाडीहरू त्रसित

एजेन्सी
साउन ०२, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिक सुरु हुन ६ दिनमात्रै बाँकी रहेको अवस्थामा  ओलम्पिक भिलेजमै कोरोना संक्रमणको घटना देखिएको छ । टोकियो २०२० का सीईओ तोसिरो मुटले विदेशबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्ति खेल आयोजनामा संलग्न थिए । तर यी व्यक्तिको नाम भने खुलाइएको छैन । 

यी व्यक्तिलाई अहिले भिलेजबाट हटाइएको छ । भिलेजमा हजारौं खेलाडी र पदाधिकारीहरू बसेका छन् । कोरोना भाइरस संक्रमण रोक्नका लागि भिलेजमा कडा मापदण्ड अपनाइएको छ । ‘यी व्यक्तिलाई अहिले होटलमा पठाइएको छ’ ओलम्पिक आयोजक कमिटीका प्रवक्ता मासा टाकायाले भने । 

कोरोना महामारी नफैलियोस् भन्नका लागि सक्दो उपायहरु अवलम्बन गरिएको आयोजक कमिटीका प्रमुख सेइको हासिमोतोले बताए । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुनुपर्ने ओलम्पिक यस वर्षका लागि सरेको हो । २३ जुलाईमा ओलम्पिकको उद्घाटन हुने तय छ ।

अगस्ट ८ सम्म ओलम्पिक खेलकुद चल्नेछ । ओलम्पिक खेलका दौरान कोराना संक्रमण फैलनसक्ने भन्दै जापानी जनता तथा स्वयंम् प्रतियोगिता खेल्न गएका खेलाडी समेत चिन्तित छन् । 

यो पनि